स्याङ्जाको हरिनासमा फेरी अर्का युवाको हत्या,थप बिबरण आउन बाँकी

hatya death kill

आँधीखोला खबर/हरिनास :
स्याङजाको हरिनास गाउँपालिकामा गएराती एक युवकको हत्या भएको छ । हरिनास गाउँपालिका–५ वलिकोटमा आग्रिडाँडा अन्दाजी २८ बर्षिय महेन्द्रबहादुर आलेको हत्या भएको हो ।
हरिनासकै क्याक्मी हटियाका युवाहरुले आक्रमण गर्दा आलेको घटनास्थलमै ज्यान गएको वडाध्यक्ष डण्डबहादुर रानाले बताउनु भयो । रानाका अनुसार मोटरसाईकलमा युवाहरुको समुहले आक्रमण गर्दा आलेको ज्यान गएको हो ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ईलाका प्रहरी कार्यालय चिसापानीको टोली राती नै पुगीसकेको छ । हत्यामा सम्लन मध्ये केहीलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ । यस बारे थप बिबरण आउन बाँकी रहेको छ ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP