कालिकाण्डकीको आमा बहुउद्देश्यीय सहकारीको पहिलो साधारणसभा ।
आँधीखोला खबर/कालिगण्डकी :
स्याङ्जाको कालिगण्डकी गाँउपालिका वडा नम्वर ४ रहेको आमा बहुउद्देश्यीय सहकारी संस्थाको पहिलो साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभामा बोल्दै गण्डकी प्रदेश प्रमुख सचिब हरिप्रसाद बस्यालले सहकारीको माध्यमबाट आर्थिक स्तरमा सुधार ल्याउन सकिने बताउनु भयो । त्यस्तै पुर्ब सांसद शंकरप्रसाद पान्डेयले आर्थिक प्रगतीमा दुई तिहाईको सरकारले बेवास्ता गरेको आरोप लगाउनु भयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले गाँउपालिका सहकारीको माध्यमबाट गाँउको बिकासमा जोड दिएको जानकारी दिनुभयो ।

कार्यक्रममा रास्ट्र बैंक पूर्ब कार्यकारी प्रमुख शिबनाथ पान्डेय, काठमाडौ क्यापिटल लिमिटेडका कार्यकारी अध्यक्ष जलेश्वर पाण्डे, नेपाली कांग्रेस बुटवल नगर अध्यक्षसभापति खेलराज पान्डे लगायतले बोल्नु भएको तरुणदलका नेता यादव पाण्डे सुन्दरले जानकारी दिनुभयो ।
पहिलो सधारण सभा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पान्डेयको सभापतित्वमा सम्पन्न भएको थियो ।

समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


