गल्याङ – वडा अध्यक्षले माझी वस्तीमा मनाए दशैं ।
आँधीखोला खबर/गल्याङ :
गल्याङ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष महेश भट्टराईले हिन्दु हरुको महान चाड दशै माझी बस्तीमा मनाउनु भएको छ ।

गल्याङ ९ साखर स्थित अति विपन्न माझी बस्तीमा टिका लगाई भट्टराईले दशै मनाउनु भएको हो । वहाँले राहत स्वरुप खाद्यान्न एवं नगद रकम समेत प्रदान गर्नुभएको थियो । सो अवसरमा आयोजित छोटो शुभकामना आदानप्रदान कार्यक्रमका गल्याङ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिलाल खनाल ,नेपाली कांग्रेस साविक पकवादी गाविस अध्यक्ष नेत्र लाल अर्याल, गल्याङ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद भट्टराई, वडा सदस्य विष्णुमाया खनाल तथा प्रेस युनियन स्याङ्जाकि उपाध्यक्ष साधना न्यौपाने लगायतको सहभागिता रहेको थियो । वडा नम्बर ९ कि वडा सदस्य विष्णु माया खनालको स्वागत मन्तव्य संगै शुरु भएको कार्यक्रम गल्याङ वडा ३ का वडा अध्यक्ष महेश भट्टराईको सभापतित्व र शालिकराम खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।
समाचार
थप सामाग्री
प्रचारप्रसारमा कडाइ गर्दै स्याङ्जा प्रशासन
६ दिन अगाडि
स्याङ्जा : प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै गए राति १२ बजेदेखि मौन अवधि…


