नौमती बाजा संरक्षण गर्न स्याङ्जामा नौमती बाजा महोत्सव गरिने ।

आँधीखोला खबर/स्याङ्जा :
नौमती बाजाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले स्याङ्जाको वालिङमा नौमती बाजा महोत्सव गरिने भएको छ ।

फाईल तस्बीर


नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ स्याङ्जाकोे आयोजनामा आगामी कार्तिक २ गते जिल्लामै पहिलो पटक नमूनाको रुपमा नौमती बाजा महोत्सव गर्न लागेको हो ।
जिल्लामा रहेका विभिन्न नौमति बाजाका समुह महोत्सवमा सहभागी हुन सक्ने संघका अध्यक्ष लिल बहादुर रनपालले जानकारी दिनुभयो । उहाँले नौमति बाजाको संरक्षण र उत्थान गरी व्यवशायिक रुपमा विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको बताउनु भयो । उहाँले भन्नुभयो, “नौमती नेपालको प्राचिन र परम्परागत मौलिक बाजा हो यसको संरक्षण गर्नु पर्दछ ।”
समय अनुसार नौमती बजाएर जिविकोपार्जन गर्न सक्ने अवस्था नरहेको भन्दै अध्यक्ष रनपालले नयाँ पुस्तामा सिप हस्तान्तरण गरी सीपलाई लोप हुनबाट बचाउन आफूहरु लागि परेको बताउनु भयो ।
उहाँले स्याङ्जामा दमै समु्दायले नौमती बाजालाई व्यवस्थीत र संरक्षण गर्न समुह नै बनिसकेको स्पष्ट पार्नु भयो ।
नौमती बाजा प्रतियोगितामा पहिलो हुने समुहलाई २५ हजार, दोस्रो हुने समुहलाई २० हजार र तेस्रो हुने समुहलाई १५ हजार रुपैयाँ पुरस्कार दिईने आयोजकको भनाई छ । आयोजकका अनुसार प्रतियोगितामा सहभागी प्रत्येक समुहलाई तयारी खर्चवापत दश÷दश हजार रुपैयाँ दिईने छ । महोत्सव सम्पन्न गर्न आयोजकले करिब चार लाख रुपैयाँको खर्च अनुमान गरेको छ ।

Facebook Comments Box
TOP