चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने
काठमाण्डौ – चिनियाँ राष्ट्रपति सी जिनपिङको आउँदाे शनिबार नेपाल आउनुहुने भएको छ ।

राष्ट्रपति सी को राजकीय भ्रमण अक्टोबर १२ र १३ अर्थात आउने शनिबार र आइतबारका लागि तय गरिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
चिनियाँ राष्ट्रपति सी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा राजकीय भ्रमणका क्रममा नेपाल आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर जनाएको छ ।
भ्रमणका क्रममा केही दुईपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ । चिनियाँ राष्ट्रपति सी शुक्रबार अक्टाेबर ११ मा भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारत भ्रमण सकेर चीन फर्कने क्रममा उहाँ शनिबार काठमाण्डौ ओर्लने र आइतबार चीन जाने तय भएको हो ।
उहाँको स्वागतका लागि काठमाण्डौमा तयारी तीव्र पारिएको छ । सुरक्षा व्यवस्थादेखि सडक सफा गर्ने, कालोपत्रे गर्ने, पार्क बनाउने लगायतका काम धमाधम भइरहेका छन् । यससँगै सी २३ वर्ष यता नेपाल भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रपति बन्नुहुनेछ ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


