दोस्रो पित्लेक कृषि पर्यटन तथा दशैं मेला सुरु ।
तिलक गुरुङ/वालिङ :
वालिङ नगरपालिका ५ पित्लेक स्याङ्जामा मंगलबार देखि दोस्रो पित्लेक कृषि पर्यटन तथा दशैं मेला २०७६ सुरु भएको छ । “कृषि र पर्यटन हाम्रो पहिचान” भन्ने मुल नाराका साथ सुरु भएको मेला नव सिर्जना युवा क्लव वालिङ ५ पित्लेक पाडेथोक आरुपाटा र पित्लेक देउराली होम स्टेको आयोजनामा सुरु भएको हो ।

स्थानिय उत्पादनको प्रवद्र्धन, लोपउन्मुख सस्कृति, परम्पराहरुको संरक्षण तथा कृषि होम स्टेको प्रवद्र्ध र प्रचार प्रसार गर्ने मेला आयोजना गरिएको हो । मंगलबार देखि असोज १९ गते सम्म हुने मेलाको कृषि ज्ञान केन्द्र स्याङ्जाका बरिष्ठ कृषि अधिकृत शालिकराम अधिकारीले उद्घाटन गर्नु भएको हो । मेलाको उट्घाटन गर्दै कृषि अधिकृत अधिकारीले व्यवसायिक कृषि मार्फत समाज रुपान्तरणमा यस क्षेत्रका स्थानियले खेलेको भुमिकाको प्रशंसा गर्दै आर्गानीक तरकारी पकेट क्षेत्रको रुपमा अघि बढाउन पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा वालिङ ५ का वडा सदस्य महेश गुरुङ, साविक जगत भञ्ज्याङ्ग गाविसका पुर्व उपाध्यक्ष पुर्ण बहादुर गुरुङ, वरिष्ठ समाजसेवी दोरण बहादुर गुरुङ्, जनकल्याण कृषि सहकारी संस्था वालिङ ५ पाडेथोकका अध्यक्ष निलकण्ठ लामिछाने, गह्रौ छ थर तमु समाज सुधार समिती अध्यक्ष टेक बहादुर गुरुङ, क्लवका पुर्व क्लव अध्यक्ष भुपेन गुरुङ, सोम प्रसाद गुरुङले बोल्दै मेला सफलताको शुभकामना दिएका थिए ।

नव सिर्जना युवा क्लवका अध्यक्ष जीवन काजी गुरुङ्ले मेलाको बारेमा जानकारी दिदै प्राप्त आम्दानी व्यवसायिक कृषि र होम स्टेको प्रवद्र्धन तथा सामाजिक कार्यमा खर्च गरिने बताउनु भयो । आयोजकले मेल मार्फत ४ लाख ४५ हजार आम्दानी गरि खर्च गरि ३ लाख १० हजार खर्च गर्ने र १ लाख ३५ हजार मुनाफा गर्ने लक्ष्य लिएको छ । मेलाको मुख्य आकर्षणको रुपमा रहेकोसाविक वडा स्तरिय भलिबल सुरु भएको छ । त्यस्तै असोज १६ र १७ गते कृषि प्रदर्शनी मेला, १८ गते नृत्य प्रतियोगिता र १९ गते कलाकारहरु सहित सांस्कृतिक कार्यक्रम सहित समापन गर्ने कार्यक्रम रहेको छ । क्लवका अध्यक्ष जीवनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रम कोषाध्यक्ष पंकज गुरुङको स्वागत र दिपक गुरुङ र तिलक गुरुङले गर्नु भएको हो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


