दुर्घटना न्यूनिकरण गर्न भन्दै सार्वजनिक सवारी साधनका चालकलाई सम्मान गरियो ।
आँधीखोला खबर/वालिङ :
ट्राफिक प्रहरी पोष्ट वालिङको समन्वयमा सिद्धार्थ राजमार्गमा गुड्ने सवारी साधनका चालक र सह–चालकलाई खादा र माला लगाएर सम्मान गरिएको छ ।

“दुर्घटना न्यूनिकरण गर्नका लागि सचेतना स्वरुप सार्वजनिक सवारी साधनका चालक र सह–चालकलाई सम्मान ट्राफिक प्रहरी पोष्ट वालिङका प्रमुख तेज वहादुर रावलले जानकारि दिनुभयो ।
शान्तिपुर्ण र सुरक्षित समाजका लागि समुदाय—प्रहरी भन्ने नारा सहित शुरु भएको अभियान अन्तर्गत चालकको सम्मान गरिएको हो ।

चालक सह–चालकलाई सम्मान गर्दै सवारी साधन चलाउँदा मादक पदार्थ सेवन नगर्नु, क्षमता भन्दा बढि यात्रु नराख्नु, गलत स्थानमा पार्किङ् नगर्नु लगाएतका विषयमा प्रशिक्षण समेत दिईएको थियो । सवारी साधनमा यात्रारत यात्रुलाई समेत सवारी चलाएको समयमा चालकको अस्वभाविक गतिविधि भएमा तत्काल सचेत गराउन समेत जानकारी गराईएको थियो ।
।
कार्यक्रममा सवारी चालक र सह चालकलाई सम्मान गर्दै ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले सवारी चालकको हामा सयौंको जीवन रहने भन्दै सचेत रहन आग्रह गर्नुभयो । वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरीक्षक निरञ्जन घिमिरेले चाडबाडमा विशेष ख्याल गरेर सवारी चलाउन आग्रह गर्नुभयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


