शनिबारसम्म मौसम यथावत रहने
काठमाडौं । यसवर्ष साविकभन्दा मनसुन अन्त्य हुने साविकको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जलबाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन सकिनका लागि जुन किसिमको वातवरण आवश्यक पथ्र्यो त्यो वातावरण अनुकूल देखिदैन । तल्लो वायुमण्डलमा पश्चिमी वायु चल्नुपर्छ तर अहिले पूर्वी वायु नै सक्रिय रहेकाले मनसुनको समयावधि लम्बिएको मौसमविद् समीर श्रेष्ठले बताए। “केही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलबाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म नै मनसुन रहने सम्भावना देखिएको हो ।” उनले भने।
पश्चिमी वायु सक्रीय भएलगतै नेपालमा चिसो बढ्ने अनुमान गरिएको छ । सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुने गथ्र्यो तर यसवर्ष १० दिन ढिलो गरी ९जुन २०० आसर ५ मा मनसुन भित्रिएको थियो । गतवर्ष पनि अक्टोबर ५ मा मनसुन बाहिरिएको थियो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा लामो समयको मौसमी गतिविधि प्रक्षेपण गर्ने प्रविधि नभए पनि एक सातासम्मको गतिविधि प्रक्षेपण गर्न सकिने प्रविधि छ । सो अनुसार दशैँको शुरुआती दिनमा देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना देखिन्छ ।
हाल देशभरी सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरेहको महाशाखाले जनाएको छ । यो स्थिति शनिबारसम्म यथावत रहने बताइएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार बिहिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव नौ डिग्री र अधिकतम तापक्रम २५ दशमलव छ डिग्री सेलिसयस रहेको छ ।हाम्रा कुरा डटकमबाट
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


