जंगली च्याउको तरकारी खाँदा पाल्पामा ५ जना बिरामी
सीता डोटेल/ पाल्पा-रामपुर : जंगलबाट खोजेर ल्याएको बिशालु च्याउ खादा पाल्पाको रामपुरमा ५ जना बिरामी भएका छन् । मंगलबार बिहान जङ्गलबाट ल्याएको च्याउ खाएका एकै ठाउँका २ घर परिवारका ५ जना बिरामी भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । बिरामी हुनेमा रामपुर नगरपालिका वडा नं.- ४ खोप्टारका ३९ बर्षका तुल बहादुर मल्ल, उनकी श्रीमती ३४ बर्षकी केसरी मल्ल, ५३ बर्षका ठग बहादुर खाँण, ११ बर्षका शंकर खाण, १४ बर्षक अनुप थापा रहेका छन् । बिरामी मध्य तुल बहादुर,ठग बहादुर र अनुप थापाको अबस्था मध्यम छ भने केसरी मल्ल र शंकर खाणको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बिहान १० बजेतिर खाना खाएका उनीहरुलाई १२ बजे तिर रिंगटा लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछी रामपुर अस्पतालमा सामान्य उपचार गरेर मंगलवार अपरान्ह नै लुम्बिनी मेडिकल कलेज प्रभासमा रिफर गरिएको थियो । लुम्बिनी मेडिकल कलेजमा आइसीयु खाली नभएपछी उनीहरुलाई थप उपचारका लागि बुटवल लगिएको हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


