हरिनास बाबुछोरा हत्याकाण्ड : हत्यामा संलग्नता देखिएपछि छिमेकी मल्ल पक्राउ ।
राधाकृष्ण डुम्रे/स्याङ्जा :
हरिनास गाउँपालिका ३ ललहीका ३३ वर्षिय गोरे भन्ने चित्रबहादुर खड्का र उनका छोरा ४ वर्षिय रिजन खड्काको हत्यामा संलग्न सोही स्थानका दिपक भन्ने दानबहादुर मल्ललाई पक्राउ गरेको छ ।

नाबालाक छोरा सहित बाबु निर्मम हत्या मल्लले गरेको अनुसन्धानबाट देखिन आएको भन्दै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
मृतककी श्रीमती अनिता खड्काले दिएको किटानी जाहेरीका आधारमा मल्ललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । श्रीमतीको किटानी जाहेरी र अनुसन्धानबाट समेत मल्लको संलग्नता देखिएकाले पक्राउ गरी जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता भण्डारीले बताउनु भयो । गत भदौ १७ गते सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी बाबु र नावालक छोराको हत्या भएको थियो ।
घटना भएको दिन मृतककी श्रीमती अनिताले घटना हुँदा कालो माक्स लगाएर आएको व्यक्तिले हत्या गरेको बताउनुभएको थियो । घटनाका क्रममा प्रहरीले खुकुरी समेत बरामद गरेको थियो । पक्राउ परेका मल्ललाई म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


