कैद सजाय पाएका सवारी चालक २० वर्षपछि पक्राउ ।
आँधीखोला खवर/स्याङ्जा :
सवारी ज्यान मुद्दा खेप्दै आएका स्याङ्जाको बिरुवा गाउँपालिका–१ का ५२ वर्षीय मिनबहादुर रेग्मी २० वर्षपछि पक्राउ पर्नु भएको छ । उहाँलाई जिल्ला अदालत धादिङले २०५६ मंसिर २६ गते ४ वर्ष ८ महिना ६ दिन कैद सजाय र ४ हजार ५ सय रुपैयाँ जरिवाना तोकेको थियो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट सादा पोसाकमा खटिएको टोलीले रेग्मीलाई पक्राउ गरी जिल्ला अदालत स्याङ्जामा हाजिर गराएको स्याङ्जाका प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार अदालतमा हाजिर गराएसँगै कैद भुक्तानको लागि जिल्ला कारागार चलान गरिएको छ । रेग्मी पोखरामा लुकी बस्दै आएको प्रहरीले बताएको छ ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


