सडक दुर्घटनामा परी पत्रकार महासंघ स्याङ्जाका सचिव शुसील सुवेदी घाईते
।
राधाकृष्ण डुम्रे/स्याङ्जा :
सडक दुर्घटनामा परेर पत्रकार महासंघ स्याङ्जाका सचिव एवं नेपाल टेलिभिजनका स्याङ्जा सम्वाददाता शुसील सुवेदी घाईते हुनु भएको छ । समाचार संकलनको लागि स्याङ्जाको गल्याङ् जाने क्रममा सुवेदी चढेको कार गल्याङ-८ करादीमा दुर्घटनामा परेको हो ।

ग २ च ५६०७ नम्वरको कारलाई विपरित दिशाबाट आईरेहेको ग १ च ५०३३ नम्वरको बसले ठककर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परेर सुवेदी सहित वालिङका युवा व्यवशायी खेम प्रसाद खनाल पनि घाईते हुनु भएको छ । उहाँहरु दुवै जनाको वालिङमा सामान्य उपचारी गरी थप उपचारका लागि पोखरा पठाईएको प्रहरीले जनाएको छ ।

समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


