नेकपामा एक दिन बसेर काँग्रेसमा फर्किए चापाकोट युवाहरु ।
आँधीखोला खवर/चापाकोट :
शुक्रवार नेपाली काँग्रेस परित्याग गरि नेकपामा प्रबेश गरेका चापाकोट नगरपालिका वडा नम्वर ३ र ४ का केही युवाहरु शनिवार पुनः काँग्रेसमा नै फर्किएकाछन् । चापाकोटमा आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा उनीहरुलाई नेकपाका जिल्ला स्तरिय नेताहरुले टिका र फुलमाला लगाई पार्टीमा भित्र्याएका थिए तर २४ घण्टा नवित्दै उनीहरुलाई पुन : काँग्रेसका क्षत्रीय सभापति तथा प्रदेश सांसदले त्यसै गरी काँग्रेसमा भित्र्याएका छन् ।
चापाकोटका युवाहरु राजेन्द्र हमाल, खिम बहादुर थापा,दिपेन्द्र थापा, हिमलाल थापा र सुनिल कुवँर नेकपा प्रवेशको एक दिन पछि पुन : काँग्रेस फकिएका हुन् ।
लामो समय बिदेश रहेको र नेपालको राजनीतिको बारेमा केही नबुझी नेकपामा प्रवेश गरेको प्रति अफसोच मान्दै पुन : काँग्रेसमा फर्किएको उनीहरुको भनाई छ । उनीहरु पश्चाताप र नरमाईलो लागेका भन्दै फेरी काँग्रेसमा आएका क्षत्रीय सभापति ईश्वर खाँणले जानकारी दिनुभयो ।

यसैवीच नेपाली काँग्रेसले चापाकोट नगरपालिकाको वडा नं २ र ८ को जागरण सभा सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाली काँग्रेस जागरण अभियानको केन्द्रीय प्रतिनिधि शारदा पौडेल, नेपाली काँग्रेस क्षेत्रिय सभापती देब बहादुर खाँण ईश्वर, प्रदेश साँसद भागबत प्रकाश मल्ल, चापाकोट नगरपालिका प्रमुख शिव कुमार गिरी लगायले बोलेका थिए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


