गरिमाको ८३ औं शाखा बायँटारीमा ।
तोलाकान्त बगाले/वालिङ :
गरिमा विकास बैंकले ८३औं शाखा वालिङ १३ झलुङ्गेमा शुभारम्भ गरेको छ । शाखाको शुक्रबार वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले शुभारम्भ गर्नुभएको हो । शाखा उद्घाटन गर्नुहुँदै नगर प्रमुख खाँंणले आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि बैंक तथा वित्तीय संस्थाहरु स्थापना हुनुपर्ने बताउनुभयो ।

नगर प्रमुख खाँणले बैंक तथा वित्तीय संस्थाहरु जति धेरै यस ठाउँमा भित्र्याउन सक्यो त्यति नै सेवाग्राहीलाई सहजता हुने बताउनुभयो । “यस ठाउँमा बैंक तथा वित्तीय संस्थाहरु स्थापना भएकैकारण यहीँका स्थानीयालाई सहजता हुनेछ” नगर प्रमुख खाँणले भन्नुभयो, “बैंक तथा वित्तीय संस्थाहरुको संख्या तथा कारोबार बढेसँगै यस क्षेत्रको आर्थिक गतिविधि चलायमान भएर जाने छ ।”
नगर प्रमुख खाँंणले यस क्षेत्रमा कृषि तथा पशुपालनमा रुचि राख्ने कृषक तथा पशुपाल्न ईच्छुकहरुलाई सहुलियत दरमा कर्जा प्रवाह गरी ब्यवसायिक अभिबृद्धिका लागि सहयोग गर्न पनि बैंक तथा वित्तीय संस्थाहरुलाई सुझाव दिनुभयो ।

कार्यक्रममा वडा नं. १३ का वडा अध्यक्ष आनन्द पाठक, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल लगायतले यहाँका स्थानीयलाई आर्थिक कारोबारका लागि अन्यत्र जानुपर्ने अवस्था हटेर गएको बताउनुभएको थियो ।
बैंकका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल, सञ्चालन कम्पनी सचिव मावधप्रसाद आचार्य र धन्यवाद सञ्चालक श्यामप्रसाद बस्यालले गर्नुभएको थियो ।
बैंकको शाखा संख्या ८३ पुगेको छ भने वालिङमा मात्रै २ र स्याङ्जामा ७ शाखाहरु सञ्चालनमा रहेका छन् । २०६४ साल कार्तिक १ गते वालिङबाट बैंकले आफ्नो औपचारिक कारोबार शुरु गरेको थियो । अहिले बैंकको केन्द्रीय कार्यालय काठमाडौँको लाजिम्पाटमा रहेको छ । बैंकका कार्यकारी अधिकृत ढकालका अनुसार दशैँ अगाडि बैंकले विभिन्न स्थानमा ७ शाखा विस्तार गर्दै ९० पु¥याउनेछ भने चालू आर्थिक वर्षमा १०६ वटा शाखा पु¥याउने छ । बैंकले ३२ जिल्लामा शाखा सञ्चालन गरेको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


