भीरकोट नगरको वडामा साँझ तीन घन्टा मात्र रक्सी किन्न पाइने ।
भवानी अधिकारी/ स्याङ्जा :
भीरकोट नगरपालिका ७ ले मादक पदार्थ तथा सूर्तिजन्य पदार्थ किनबेचमा बालबालिकाको प्रयोग निषेध गरेको छ । साथै, साँझ ५ देखि ८ बजेसम्म मात्र रक्सी किनबेचका लागि समय तोकेको छ ।
वडा कार्यालयले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई रक्सी, चुरोट, सूर्ती, खैनीजस्ता मादक पदार्थ किनबेचमा प्रतिबन्ध लगाएको हो । भीरकोट नगर ७ ले साँझ ३ घण्टामात्र रक्सी खरिद गर्ने समय निर्धारण गरेको हो ।
बालमैत्री नगरपालिका घोषणाको तयारीमा जुटिरहेको नगरपालिकाले बालबालिकालाई कुलतमा फस्न नदिने उदेश्यले यस्तो अभियान संचालन गरेको वडाध्यक्ष शेषकान्त अर्यालले जानकारी दिए ।
जनप्रतिनिधी सहित टोलटोलमा स्थापित होटलमा पुगेर १८ वर्षमुनिका बालबालिकालाई मादक पदार्थ किनबेचमा प्रतिबन्ध लगाइएको जानकारी गराएको छ । टोलीले वडाका बलमाटा, खिलुङ् र चिउरीखर्कमा पुगेर बालमैत्री स्थानीय शासन सम्बन्धी जानकारी गराएको छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


