जन्मदिनको अवसरमा जेसी पंगेनीले गरिन मानव सेवा आश्रमलाई सहयोग ।
आँधीखोला खवर/वालिङ :
भिरकोट जेसिजको कार्यकारयणी उपाध्यक्ष बर्षा पंगेनीले आफ्नो जन्म दिनका अवसरमा मानव सेवा आश्रम पोखरालाई सहयोग गर्नु भएको छ । स्याङजाको वालिङ नगरपालिका वडा न ११ निवासी पंगेनीले आश्रमलाई नगद १२ हजार ५ सय प्रदान गर्नु भएको हो ।

पंगेनीले उक्त रकम वालिङ जेसिजका अध्यक्ष राजु तिवारी र भीरकोट जेसिजका अध्यक्ष उमेश गुरुङ मार्फत आश्रममा पठाउनु भएको हो ।
रकमको चेक हस्तान्तरण गर्दै पंगेनीले भन्नुभयो,“आफनो कमाइको केही भाग खाजा खर्च कटाएर भए पनि सडक मानवलाई हेरचाह गरिरहेको संस्था मानव सेवा आश्रमलाई प्रदान गर्न पाउदा निक्कै आनन्दको महशुस भएको छ ।” समाजमा जन्मदिनमा गरिने अनावश्यक खर्च सामाजिक कार्यमा लगाउनु पर्ने पंगेनीको भनाई छ । २१ औं वर्ष पार गरी २२ वर्षको उमेरमा पाइला टेकेकी पंगेनी नेको इन्योरेन्स कम्पनी वालिङमा कार्यरत रहनु भएको छ ।

समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


