विद्यार्थी नेता रेग्मीद्वारा जन्मदिनमा शैक्षिक सामग्री वितरण ।
तोलाकान्त बगाले/वालिङ :
नेपाल विद्यार्थी संघका वालिङ नगर सदस्य हरि रेग्मीले आफ्नो जन्मदिन विद्यार्थी भाईबहिनीहरुसित मनाउनुभएको छ ।
वालिङ ८ भीमटारी निवासी विद्यार्थी नेता रेग्मीले वालिङ ८ कै अमिलीथुम आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामग्री वितरण गर्नुभएको हो ।
आँफू पनि विद्यार्थी भएकाले स–साना विद्यार्थीको भावना बुझेर उनीहरुलाई शैक्षिक क्रियाकलापप्रति थप हौसला जगाउनका लागि शैक्षिक सामग्री वितरण गरेको विद्यार्थी नेता रेग्मीले बताउनुभयो ।
आत्मसन्तुष्टिका लागि आफुले जन्मदिन मनाउँदा हुने खर्च विद्यार्थी भाईबहिनीहरुको उत्प्रेरणा जगाउने उद्धेश्यले खर्च गरेको विद्यार्थी नेता रेग्मीको भनाई छ ।
कार्यक्रममा नेविसंघ जिल्ला कोषाध्यक्ष ध्रुब पंगेनी, वालिङ नगर सभापति दिक्षान्तप्रताप खाँण, नेविसंघ नेताहरु विदुषा बस्नेत र मणि सुबेदीले जन्मदिन मनाउने शिलशिलामा अनावश्यक खर्चलाई कटौति गरी स–साना भाई बहिनीलाई सहयोग गरेकोमा खुसी ब्यक्त गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


