विकासमा प्रतिबद्ध छु : संघिय सांसद नारायण मरासिनी ।
रोशन लामिछाने / स्याङ्जा :
संघिय सांसद नारायण प्रसाद मरासिनीले सधै आफु विकासमा प्रतिबद्ध रहेका बताउनु भएको । सांसद मरासिनीले समग्र स्याङ्जाको बिकासका लागि आफू प्रतिवद्ध रहको बताउनु भएको हो ।
करेण्डाडा युवा क्लबले आयोजना गरेको खुल्ला तिज गित प्रतियोगितालाई सम्बोधन गर्दै मरासिनीले क्लबको भवन निमार्णको लागि आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो । उहाँले समाजको विकास गर्न सबै लाग्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका कार्यबहाक सभापति कुमार राना र नेकपाका सचिवालय सदस्य विश्व पौडेल लगाएतले क्लबले लिएका लक्ष्यहरुलाई आफुहरुले सधै साथ दिने प्रतिबद्धता जनाएका थिए ।
खुल्ला तिज गित तथा नृत्य प्रतियोगितामा करिब १ दर्जन समुह सहभागी भएकोमा भावना आमा समुह, स्थानीय समिक्षा र राधिका लामिछाने प्रथम भएका छन । उनीहरुलाई नगद, प्रमाण पत्र र खादा लागाई सम्मानित गरिएको थियो ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


