गल्याङमा भएको तिज प्रतियोगितामा मानवता आमा समुह गल्याङ प्रथम ।
टिकाराम अधिकारी/गल्याङ् : स्याङजाको गल्याङ बजारमा जारी तिज गित नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ । “मौलिक संस्कृतीमा जोड दिउँ सकारात्मक सोचको बिकास गरौ” भन्ने मुल नाराका साथ गल्याङ बहुमुखी क्याम्पसको प्राङ्गणमा शनिवार सम्पन्न भएको हो । प्रतियोगिताको प्रथम विजेता मानवता आमा समुह तल्लो गल्याङ भएको छ । मानवता आमा समुहले प्रथम स्थान ओगट्दै नगद ५० हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा दोस्रो मालुङगा साना किसान कृषि सहकारी अन्तर समुह राम्दी हुन सफल भएको छ । राम्दी दोस्रो स्थानमा पर्दे नगद ३५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै तेस्रो स्थानमा आउन सफल तुल्सी भञ्ज्याङ साना किसान कृषि सहकारी अन्तर समुह हुलाकले नगद २० हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । भने सान्तवना स्थानमा जनसेवा आमा समुह र कर्मचौर कृषि समुह भएका छन् । सान्तवना समुहहरुले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैबीच उत्कृष्ट गीत रचनामा मनकामना आमा समुह लल्याङ र जगत्रशीला आमा समुह उत्कृष्ट नृत्यमा पर्न सफल भएको छ ।
उनीहरुले रु ५–५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।यसैगरि प्रोत्साहन पुरस्कार गल्कोट दुर्गादेवि आमा समुह, मालुङगा साना किसान कृषि सहकारी संस्था र तुल्सी भञ्ज्याङ साना किसान बङरातीले हात पारेको छ । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा गल्याङ नगरपालिकाको प्रायोजनर गल्याङ नगर स्तरिय साना किसान कृषि सहकारी समन्वय समितिको आयोजनामा प्रतियोगिता गरिएको थियो ।
कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नगरको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले आमा समुहले गीत मार्फत नगरको विकासका लागि दर्शाएका सन्देशलाई आत्मसाथ गर्दे अगाडी बढ्ने समेत बताउनुभयो । यस्तै गण्डकी प्रदेश विधायन सभाका सभापति मोहन रेग्मीले हाम्रा मौलिक संस्कृतिलाई जोगाई राख्न महिलाहरु एकसुत्रमा बाधिनुपर्ने बताउनुभयो । प्रतियोगितामा ३८ वटा महिला किसान आमा समुह बिच प्रतिस्पर्धा भएको थियो । तिन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा राष्ट्रिय कलाकार पुरुषोतम न्यौपाने, रमेश विजी, शान्ति डोटेल, लगायत गोपाल जिटि, सपना गाहा, सुमित्रा काफ्ले र श्रीधर अधिकारी बेजोड प्रस्तुती रहेको थियो भने स्थानिय कलाकारले पनि दर्शकलाई नचाएका थिए । कार्यक्रम गल्याङ नगरपालिकाकि उपप्रमुख देबिसरा थापाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन तुल्सीभञ्याङ साना किसान सहकारी संस्थाका अध्यक्ष दलबहादुर सिंञ्जालीले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


