काँग्रेस जिल्ला उपसभापति ढकाललाई शोक माथि शोक ।
सीता डोटेल/पाल्पा-रामपुर :
आमाको काजक्रियामा रहेका नेपाली काँग्रेस पाल्पाका उपसभापति एवं सामाजिक अभियान्ता देवराज ढकाललाई शोकमाथी फेरि अर्को शोक परेको छ ।
गत सोमबार आमा भिम कुमारी ढकालको निधनमा काजक्रियामा रहेका ढकालका धर्मपत्नी गौरा ढकालको शनिबार विहान ६७ वर्षको उमेरमा निधन भएको छ । सासुआमाको काजक्रियामा बसीरहेकी गौरा ढकाल अकस्मात शनिवार बिहान घरमा नै ढलेकी थिइन्। तत्कालै रामपुर अस्पतालमा पुर्याउना साथ ढकाललाई अस्पतालले मृत घोषणा गरेको थियो । लामो समय देखि सुगर र प्रेसरको औषधी खादै आउनुभएकी गौरालाई शुक्रबार साझदेखी असहज भएको उहाका श्रीमान देवराज ढकालले बताउनुभयो ।

उपसभापति ढकालका धर्मपत्नी स्वर्गीय ढकालका १ छोरा र ४ छोरी छन् । त्यस्तै अर्का स्वर्गीय श्रीमती तर्फ १ छोरा र १ छोरी छन् । उपसभापति ढकाल नेपाली काङ्ग्रेस जिल्ला उपसभापति संगै शहिद बहुमुखी क्याम्पस रामपुर सञ्चालक समितिका अध्यक्ष, रेडक्रस जिल्ला उपसभापति, कालीगण्डकी मल्टिटेक्निकल ईन्स्टिच्युटका अध्यक्ष सहित जिल्लाका दर्जन बढी सामाजिक संघ, संस्थामा आवद्ध रहँदै आउनुभएको छ।
स्वर्गीय गौरा ढकालको शनिबार नै कालीनदी किनार तिलकपुर तातोपानीघाटमा दाह संस्कार गरिएको छ । शनिबार नेपाली कांग्रेस पाल्पाका नेतृत्व पंक्ती सहित सयौं कार्यकर्ता, जनप्रतिनिधि, सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

यसैबिच नेपाली काङ्ग्रेसले आजै पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी संगठनमा उहाले पुर्याउनुभएको योगदानको स्मरण गर्दै उहाको घरमा नै भएको सभामा नेपाली काङ्ग्रेस जिल्ला सभापती तथा प्रदेश सांसद वीर बहादुर राना, नगर सभापती नेत्र भट्टराई, नगर प्रमुख रमण बहादुर थापा लगायतले पार्टीको झण्डा ओडाउनुभएको हो । आमाको शोकमा सामेल हुन पुगेका अकस्मात श्रीमतीको पनि निधन हुन पुग्दा ढकाल परिवारका शुभेच्छुक, जनप्रतिनिधि, नेता, कार्यकर्ता, स्थानिय सयौको संख्यामा सहभागी भएका थिए ।
समाचार
थप सामाग्री
बुबाको हत्या आफ्नै छोराले गरेको खुलेपछि …
४ दिन अगाडि
स्याङजा : बुवाको हत्यामा आफ्नै साहिंला छोराको संलग्नता देखिएपछि प्रहरीले ३६ बर्षीय तोरण कार्कीलाई कारागार पठाएको छ । ७१ बर्षीय बुवाको…


