गाँजा सहित पाल्पामा दुइ महिला पक्राउ ।
सीता डोटेल/पाल्पा : पाल्पाबाट गाँजा लिएर बुटवल जादै गरेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानस्थित सिद्धार्थ राजमार्गको प्रहरी टोलीले बसमा चेकजाँच गर्ने क्रममा बसमा दुई जना महिला गाजासहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा तिनाउ–६, मस्यामकी २३ वर्षिया सीता बुचा र सोही स्थानकी ४० वर्षिया विमा रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाल्पाबाट बुटवल जाँदै गरेको लु १ ख ५५४७ नम्बरको बसलाई चेकजाँच गर्दा दुई जनाबाट नौँ सय ग्राम गाँजा बरामद भएको पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो । दोभान प्रहरी चौकीका प्रमुख बालबहादुर घर्तीमगरसहितको टोलीले दुबै जना महिलालाई पक्राउ गरेको हो ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


