जुवा मुद्धाका प्रतिवादी जेलचलान ।
श्रीकृष्ण सिग्देल/स्याङ्जा :
बागलुङ् जिल्ला अदालतले जुवातास मुद्धामा कैद सजाय सुनाएको फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ । स्याङ्जाको साविक भाटखोला गाविस ८ हाल फेदीखोला गाँउपालिका ३ का ३९ बर्षिय खडानन्द सुवेदीलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको हो । २०७० साल फागुन ३ गते जिल्ला अदालत बागलुङ्ले ११ महिना २७ दिन कैद सजाय सुनाएको थियो । अदालतले कैद सजाय सुनाएपछि सुवेदी फरार रहदै आएका थिए । भदौ ९ गते खटिएको प्रहरी टोलीले पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा पेश गर्दा तोकिएको सजाय भुक्तानका लागि कारगार चलान गर्ने आदेश पछि सुवेदीलाई कारगार चलान गरिएको प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी नविन कृष्ण भण्डारीले जानकारी दिए । अदालतले कैद सजाय सुनाएर फरार रहदै आएका व्याक्तिहरुलाई जिल्ला प्रहरी स्याङ्जाले धमाधम पक्राउ गर्दै आएको छ ।
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
१ महिना अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


