जिल्लाभरका व्युटिसियनहरु वालिङमा, सांस्कृतिक कार्यक्रम गरेर मनाए तीज (भिडियो सहित ) ।

आँधीखोला खवर/स्याङ्जा :
नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर वालिङमा सांस्कृतिक कार्यक्रम गरिएको छ । व्युटिसियन एसोसिएन स्याङ्जाको आयोजनामा भएको कार्यक्रममा जिल्लाभरका व्युटिसियनहरु वालिङमा जम्मा भएका हुन् ।


कार्यक्रमको उद्घाटन गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले नेपालको मौलिक पर्वका रुपमा तिज रहेको बताउनु भयो । उहाँले भन्नुभयो, “तीज नेपालीहरुको धर्म,संस्कृति र संस्कार बोकेको मौलिक पर्व हो ।” बहुजातिय र बहुभाषिक नेपालमा तीजले एक आपसमा जोड्न सक्ने उहाँको भनाई छ ।


कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघकी उपमहासचिव एवं बरिष्ठ व्युटिसियन चिनु गुरुङले सांस्कृतिक कार्यक्रमले व्युटिसियनहरुलाई राम्रो प्रभाव पार्ने बताउनु भयो । उहाँले भन्नुभयो, “बेला बखतमा हुने यस्ता सांस्कृतिक कार्यक्रम र सामुहिक भोजनले व्युटिसियन पेशालाई थप मर्यादित बनाउछ ।” विश्वमा भईरहेका नविनतम प्रविधिको जानकारीका लागि समेत व्युसिटसियनहरुको जमघट अनिवार्य हुने गुरुङले स्पष्ट पार्नु भयो ।
कार्यक्रममा बोल्दै वालिङ उद्योग बाणिज्य संघ महिला उद्यमी विकास समतिकी अध्यक्ष कविता भुषालले व्युटिसियन पेशालाई वालिङमा उद्यमशीलतासँग जोड्ने प्रयास भईरहको जानकारी दिनुभयो । व्युटिसियन एशोसिएसन स्याङ्जाकी संस्थापक तथा वरिष्ठ व्युटिसियन चुत्र कुमारी थापा दुर्गाले व्युटिसियन व्यवशाय स्याङ्जामा वृहत हुदै गएको बताउनु भयो । आफूले पेशा शुरु गर्दाका दिनहरु सम्झदै थापाले भन्नुभयो, “तेतिबेला न त व्युटिसियन पेशा नै आकर्षित थियो न सेवाग्राहीको बुझाई नै सकारात्मक, ” अहिलेको अवस्था देख्दा आफूलाई निक्कै हर्ष लाग्ने भन्दै थापाले पेशालाई मर्यादित र उत्कृष्ट बनाउन सवै लाग्नु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा संस्थाकी निवर्तमान् अध्यक्ष लिसु अधिकारीले संस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।


पेशा तथा व्यवशायको बारेमा जानकारी दिन तथा एक आपसमा भातृत्व स्थापना गर्न कार्यक्रमको आयोजना गरिएको व्युटिसियन एसोसिएसन स्याङ्जाका अध्यक्ष पुष्पा अर्यालले जानकारी दिनुभयो । अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत तुल्सी गुरुङले गर्नु भएको थियो भने सञ्चालन एसोसिएसन स्याङ्जाकी सचिव पमिला गुरुङले गर्नु भएको थियो । कार्यक्रममा जिल्लाभरका व्युटिसियनहरुको सहभागिता रहेको थियो ।

स्याङ्जाका व्युटिसियनहरुको नृत्य हेर्नुहोस् भिडियो :

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP