भारतीय पूर्ववित्त मन्त्री अरुण जेटलीको निधन
भारतीय पूर्ववित्त मन्त्री अरुण जेटलीको को निधन भएको छ। भारतीय मिडियाहरूका अनुसार उनको शनिबार दिउँसो एम्स हस्पिटलमा उनको निधन भएको हो।

श्वासप्रश्वासमा कठिनाइ भएपछि जेटली १५ दिनअघि दिल्लीस्थित एम्स अस्पताल भर्ना भएका थिए। उनलाई ‘लाइफ सपोर्ट सिस्टम’मा राखिएको थियो। ६६ वर्षे भाजपाका पाका नेता जेटली सफ्ट टिस्यु क्यान्सरसँग लडिरहेका थिए। एक वर्षअघि एम्समै उनको मिर्गौला प्रत्यारोपण पनि गरिएको थियो। संसदीय निर्वाचनमा हारका बाबजुद अघिल्लोपटकको मोदी सरकारमा वित्तमन्त्री भएका मोदीका विश्वास पात्र जेटलीले स्वास्थ्यकै कारण यसपटक मन्त्री बन्न अनिच्छा देखाएका थिए। उनले यसपटकको चुनाव पनि लडेका थिएनन्।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


