धान गोड्दा-गोडदै रुखले किच्दा गयो महिलाको ज्यान ।

राधाकृष्ण डुम्रे/स्याङ्जा
स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्वर १० मा रुखले च्याप्दा खेत गोडिरहेकी महिलाको ज्यान गएको छ । खेत गोडिरहेको समयमा अचानक बरको रुख ढलेर च्याप्दा स्थानीय ५८ वर्षिय निनि कुमारी गाहाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । आफ्नो खेतमा एक्लै धान गोडिरहेकी गाहालाई रुखले च्याप्दा घटना स्थलमा नै उहाँको ज्यान गएको स्याङ्जाका प्रहरी प्रवक्ता नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । रुख ढलेर च्यापेको स्थानीयले देखे पछि प्रहरीलाई खवर गरेका थिए ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP