स्याङ्जा : विवादका कारण स्थगित फुटवल लिग सुचारु ।
प्रकाश डोटेल/स्याङ्जा :
अखिल नेपाल फुटवल संघ (एन्फा) स्याङ्जाको आयोजना र स्मृती युवा क्लवको समन्वयमा संचालित क्लव स्तरीय फुटवल लिग सुचारु हुने भएको छ । लिगमा दर्ता भएका फुटवल क्लवबीच कागजपत्रमा किचलो हुँदा लिग स्थगित भएको थियो ।

जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका १३ लामपाटा खेल मैदानमा भएको लिग अन्तिम चरणमा पुगेर स्थगित भएको थियो । क्लवबीच देखिएको विवाद एन्फा स्याङ्जाका अध्यक्ष मुक्त बहादुर रानाको सक्रियतामा अन्त्य भएको छ ।
“१३ क्लव सहभागि भएको लिगमा अब १ क्वाटरफाईल, २ सेमिफाईल र फाईनल खेल मात्रै बाँकी छ ।” अध्यक्ष रानाले भन्नुभयो, “साउन १२ देखि शुरु भएर स्थगित भएको लिग भदौं ८ देखि शुरु गरेर १० गते फाईनल खेलाउने गरी तयारी गरिएको छ ।”
क्लवबीच देखिएको विवादले फुटवल खेलाडीमा छाएको निरासा हटेर गएको संघमा पूर्व महासचिव प्रकाश रेग्मीले बताउनु भयो । अध्यक्षको सक्रियतामा विवादीत दुई क्लव सहमतिमा आएपछि लिग हुने भएपछि खेलाडीहरु उत्साहित भएको रेग्मीले जानकारी दिनुभयो ।
लिगको समापनमा अखिल नेपाल फुटल संघ (एन्फा) नेपालका केन्द्रिय अध्यक्ष कर्माछिरिङ् शेर्पा आउने हुनुभएको छ । पूर्व महासचिव रेग्मीका अनुसार संघले लिगमा प्रथम र द्धितीय हुने क्लवलाई नगद २५ हजार र १५ हजार दिने भएको छ, भने प्रथम हुने क्लव प्रदेश स्तरीय लिग खेल्न जान पाउनेछ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


