बालमैत्री नगरका लागि भिरकोट ५ को अभियान ।
आँधीखोला खवर/भीरकोट : वालमैत्री स्थानीय शासनका लागि भिरकोट नगरपालिकाका वडा कार्यालयहरु सक्रिय बन्दै गइरहेका छन् । भिरकोट नगरपालिका वडा नं ५ ले बालमैत्री स्थानीय शासन अभिमुखिकरण तथा सामाजिक सुरक्षा भत्ता नविकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बालमैत्री नगरपालिका घोषणाका लागि वडा स्तरीय सरोकारवाला विच साझा धारणा बनाउने प्रयास गरिएको छ ।

कार्यक्रममा वोल्दै भिरकोट नगरपालिका वडा नं ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी लक्ष्मणले बालमैत्री समाजका लागि सामुहिक पहलको खाँचो रहेको भन्दै सरोकारवाला सम्पूर्णलाई कार्यक्रमलाई सहयोग गर्न आग्रह गरेका थिए । बालवालिका भविश्यका कर्णधार हुन उनीहरुको संरक्षण राज्यको दायित्व भएकोले भिरकोट नगरपालिकाले नीतिगत निर्णय गरेर बालमैत्री नगरपालिका घोषणा गर्न लागिएको जानकारी समेत गराएका थिए ।

कार्यक्रममा बास्कुुटी प्रगतिशिल टोल विकास समिती, राजेन्द्र भवानी टोल विकास समिती, राजेन्द्र भवानी माध्यमिक विद्यालय र शिर्जनशील टोल विकास समिती को सहभागिता रहेको थियो । वडा अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाड सदस्य कृष्ण थापा, मिना खाँण, टोल समिती अध्यक्ष भिमप्रसाद पंगेनी, खुमवहादुर थापा, डम्मर अर्याल, विद्यालयका प्रअ गिरी प्रसाद शर्मा लगायतले मन्तव्य राखेका थिए । बालमैत्रीको वारेमा नारायण प्रसाद अर्यालले सहजीकरण गरेका थिए ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


