पशु चिक्त्सिक र प्राविधिक सहितको टोली किसानको घरदैलोमा ।
आँधीखोला खवर/गल्याङ : किसानका समस्या बुझ्न गल्याङ नगरपालिकाका पशु चिक्त्सिक र प्राविधिक सहितको टोली किसानको घरदैलोमा पुगेको छ । ‘सेतो शहर, नगरको पहिचान, समृद्ध किसान, हाम्रो अभियान भन्ने नारा सहित किसानसँग अन्तरक्रिया गर्न पशु शाखा प्रमुख, पशु चिक्त्सिक र प्राविधिक सहितको टोली किसानको घरदैलोमा पुगेको हो ।

गल्याङ नगरपालिका वडा नम्बर-११ जिमुवा र वडा नम्बर-२ बटुवामा किसान संग अन्तरक्रिया गरिएको छ । कार्यक्रममा आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रममा कृषिलाई समेटिएको विभिन्न विषय सम्बन्धि जानकारी पनि गराइएको थियो । कार्यक्रममा किसानहरुले आफुलाई पर्ने समस्याहरुका बारेमा जानकारी गराएका थिए । भेलामा गल्याङ नगरपालिका पशु शाखा प्रमुख शुशिल अर्यालले सेतो नगर बनाउने नगरपालिकाको अभियान सफल पार्न किसानहरु जागरुक हुनुपर्ने बताउनुभयो । उहाँले आफुलाई परेको समस्या तत्काल राख्न आग्रह गर्नुभयो ।

भेलामा नगरपालिकाका पशु चिकित्सक अनिश सापकोटा, पशु स्वास्थ्य प्राबिधिक श्रीदेव चौधरी, कृषि प्राबिधिक सबिता पान्डेय, कृषि साखाका अर्जुन जि.टि., शिब शुबेदी, डिल्लीराम अर्यालको सहभागिता थियो ।
भेलामा किसानहरुको उत्साहजनक सहभागिता रहेको थियो । अभियान अन्तर्गत मङ्गलबार गल्याङ नगरपालिका ९ बेल्चौर र गौमुख त्यस्तै गरि बुधबार चितडाँडा र साङलियामा कार्यक्रम गरिने पशु शाखा प्रमुख शुशिल अर्यालले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


