स्याङ्जा साहित्य प्रतिष्ठानको अध्यक्षमा पुन : विश्वप्रेम अधिकारी ।
भवानी अधिकारी/स्याङ्जा :
स्याङ्जा साहित्य प्रतिष्ठानको ५ औँ साधारण सभा तथा अधिवेशन स्याङ्जामा सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन बयोबृद्ध भोलानाथ लम्सालले साहित्य समाजको ऐना भएकाले समाज परिर्वतनमा साहित्यको ठुलो भुमिका हुने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका प्रर्व सभापति तथा पुर्व सांसद खगेन्द्रराज रेग्मी, प्राध्यापक डाक्टर शालिकराम सुवेदी, श्रीप्रसाद जिटि, तुल्सी गिरी, रामबन्धु रेग्मी, जीवलाल काफ्ले, अनन्तराज अर्याल, लक्ष्मी रेग्मी, भुवनराज सुवेदी, अर्जुनबन्धु अर्याल लगायतले बोलेका थिए ।

अधिवेशनले आगामी ५ वर्षका लागि पुनः विश्वप्रेम अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरेको छ । समितिको उपाध्यक्षमा टिकाराम वाग्ले ,सचिवमा मिलन समिर, सहसचिवमा शम्भु अर्याल, कोषाध्यक्षमा रविन केसी रहनुभएको छ त्यस्तै सदस्यहरुमा त्रिभुवन शर्मा, प्राध्यापक डाक्टर यमबहादुर पौडेल क्षेत्रि, युवराज पौडेल, लक्ष्मी काफ्ले र वसन्त खनाल रहुनभएको छ । १३ सदस्यीय समितिमा ३ जना सदस्य नयाँ कार्यसमितिको पहिलो बैठकले पुर्णता दिनेछ ।

प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष त्रिभुवन शर्माले स्वागत एव सचिव सचिव मिलन समिरले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


