स्कुल बस र मोटरसाईकल ठोकियो एक गम्भिर घाईते ।
सुशील सुबेदी/स्याङजा :
स्याङजाको भिरकोट नगरपालिकामा स्थित बयरघारी बजारमा स्कुल बस र मोटरसाईकल एक आपसमा ठोकिँदा एक जना गम्भिर घाईते भएका छन् ।

बिहान १० बजे बालज्योती स्कुलको लु अ ब २२७५ नम्वरको बस र बिपरीत दिशाबाट आउँदै गरेको ग १४ प ८४३३ नम्वरको मोटरसाईकल एक आपसमा ठोकिँदा मोटरसाईकल चालक आशीष मगर गम्भिर घाईते भएका हुन् ।

गम्भिर घाईते आशिष मगर भएपनि उनले बोकेको लाईसेन्समा नाम धन बहादुर मगर भएको ट्राफिक प्रहरी पोष्ट भीरकोटका टेक व बागले जानकारी दिनुभयो । घाईते र लाईसेन्स बहाक एकै हुन या होईनन् भन्ने बिषय अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मोटरसाईकल पछाडी सबार १६ बर्षीय बिशाल थापा समेत घाईते भएको ट्राफिक प्रहरीले बताएको छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


