स्वर्गीय कमल प्रसाद पंगेनीको वार्षिकीमा लक्ष्यवर्ती बालियो ।

राधाकृष्ण डुम्रे/वालिङ :
नेपाली कांग्रेसका लोकप्रीय नेता स्वर्गीय कमल प्रसाद पंगेनीको वार्षिकीमा लक्ष्यवत्र्ती प्रज्वलन गरीएको छ । नेपाली कांग्रेसका तत्कालिन जिल्ला सभापति स्वर्गीय पंगेनीको प्रथम पुण्यतिथिको अवसर पारेर पंगेनी कै निवास भीरकोट–६,उजेलीडाँडा स्याङ्जामा वार्षिकी गरिएको थियो भने वालिङ–१,त्रियासीमा लक्ष्यवत्र्ती बालिएको थियो । नेपाल तरुणदल स्याङ्जा क्षेत्र नम्वर २ को आयोजनामा लक्ष्यवत्र्ती बालिएको हो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महासमिति सदस्य एवं संविधानसभा सदस्य मोहन प्रसाद पाण्डेले स्याङ्जाका जनताले आफ्नो प्यारो नेता गुमाएको भन्दै उहाँको निधनले स्याङ्जा तथा समग्र देशलाई ठुलो क्षती पुगेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो पंगेनी जत्ति कै लोकप्रिय नेताको उदय हुन निक्कै समय लाग्छ । नेपाली कांग्रेस एक भएर पार्टी अगाडि वढेमा मात्रै स्वर्गीय पंगेनी प्रतिको वास्तविक श्रद्धान्जली हुने नेता पाण्डेको भनाई छ ।

कार्यक्रममा कोल्दै भीरकाट नगरपालिकाका प्रमुख छायाराम खनालले सहजै कार्यकर्ताको मनमा बस्न सक्ने स्वर्गीय पंगेनी स्याङ्जाको विकासमा निरन्तर क्रियाशिल रहने नेता भएको स्मरण गर्नु भयो । स्याङ्जाली जनताले मात्रै होईन देशले नै उहाँलाई सजिलै भुल्न नसक्ने स्पष्ट पार्नु भयो ।
सो अवसरमा कांग्रेसका अग्रज नेता सुर्य प्रसाद रेग्मीले पंगेनी सदैव सादा जीवनमा रमाउने गरेको आफूले पाएको अनुभव सुनाउनु भयो । त्यस्तै नेपाली कांग्रेस क्षेत्र नम्वर २ का सभापति अर्जुन प्रकाश अर्यालले आफूहरु स्वर्गीय पंगेनीका अधुरा कामलाई पुरा गर्न लागि परेको जानकारी दिनुभयो ।
तरुणदल क्षेत्र नम्वर २ का सभापति एवं भीरकोट नगरपालिकाका प्रवक्ता दिपेन्द्र केसीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव दीपक रेग्मीले गर्नु भएको थियो ।
लक्ष्यवत्र्ती बाल्ने कार्यक्रममा स्वर्गीय पंगेनीका छोरा छोरी सहित परिवारको पनि उपस्थिती रहेको थियो । पूर्व सांसद समेत रहनु भएका कांग्रेस जिल्लाका सभापति कमल प्रसाद पंगेनीको गत साल साउन २० गते अष्टमी तिथीको दिन निधन भएको थियो ।
यसैवीच स्वर्गीय पंगेनीको स्मृतिमा तयार पारिएको स्मृति ग्रन्थको पनि आगामी साउन २० गते सार्वजनिक गरिने नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ ।





समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


