मलेसियाविरुद्ध नेपालको जित ।

आईसीसी ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । सिंगापुरमा जारी प्रतियोगिता अन्तर्गत बुधबार नेपाल र मलेसियाबीचको खेल वर्षाका कारण ९ ओभरमा सीमित गरिएको थियो । मलेसियाले पहिले ब्याटिङ गर्दै ९ ओभरमा सात विकेटको क्षतिमा ८३ रन बनाएको थियो । नेपालले तीन विकेट गुमाएर आठ ओभरमै लक्ष्य हासिल गरेको हो ।
नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले विस्फोटक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले । उनले २१ बलमा ५१ रन बनाए । त्यस्तै प्रदीप ऐरीले १२ र विनोद भण्डारीले १३ रन बनाए । यसअघि मलेसियाका लागि साइद अजिजले १५ बलमा ३० रन बनाउँदा बिरन्दीप सिंहले १७ बलमा २१ रन जोडे ।
बलिङतर्फ नेपालका सोमपाल कामीले २ ओभरमा ३ विकेट तथा बसन्त रेग्मीले १ ओभरमा २ विकेट झारे ।पहिलो खेलमा हिजो कतारसँग ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा जित हासिल गरेसँगै प्रतियोगितामा पुनरागमन गरेको छ ।
प्रतियोगितामा नेपाल र कतारसहित आयोजक सिंगापुर, मलेसिया र कुवेत सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


