चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।

स्याङ्जा :
लागूऔषध र अवैध कारोबारविरुद्ध शून्य सहनशीलता (Zero Tolerance) को नीति लिएको वडा प्रहरी कार्यालय वालिङले सिद्धार्थ राजमार्गमा आफ्नो कडा निगरानी र आक्रामक अपरेसनलाई तीव्रता दिएको छ। सोही क्रममा प्रहरीले चेकजाँचका दौरान भारी परिमाणको लागूऔषधसहित एक युवकलाई पक्राउ गर्नुका साथै चाडपर्वलाई लक्षित गरी भित्र्याइएको ठूलो परिमाणको अवैध पटकासमेत बरामद गरेको छ।
गएराति (२०८३ कात्तिक २३ गते) भैरहवाबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ९४२४ नम्बरको यात्रुवाहक बसलाई शंकास्पद आधारमा जाँच गर्दा बागलुङका २२ वर्षीय विशाल नेपाली २२० एम्पुल लागूऔषधसहित रङ्गेहात पक्राउ परेका हुन्।
क्राउ परेका नेपालीमाथि स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान तीव्र बनाइएको छ।

डिएसपी पौडेलको कमान्डपछि वालिङ-गल्याङ क्षेत्रमा आक्रामक अपरेसन: लागूऔषध र पटकासहित अवैध सामान नियन्त्रणमा

वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी नायव उपरीक्षक (DSP) प्रताप पौडेलले कमान्ड सम्हालेसँगै वालिङ, गल्याङ र आसपासका क्षेत्रमा प्रहरीको उपस्थिति र सुरक्षा अपरेसन निकै आक्रामक तथा चुस्त बनेको छ।
चाडपर्वको समयमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषधको दुर्व्यसन र अवैध सामानको कारोबार रोक्न प्रहरीले २४ सै घण्टा निगरानी बढाएको छ। यसैक्रममा प्रहरीले सुरक्षा जाँचलाई कडा पार्दै चाडपर्वलाई लक्षित गरी अवैध रूपमा भित्र्याइएका ठूलो परिमाणका घातक विस्फोटक पदार्थ तथा पटकाहरू व्यापक रूपमा बरामद गरी सुरक्षित रूपमा डिस्पोज गरेको छ।
यसैगरी, बजार क्षेत्रमा तीव्र गतिमा गुडाएर आतङ्क सिर्जना गर्ने, ठूलो आवाज निकालेर होहल्ला फैलाउने र सर्वसाधारणलाई सास्ती दिने ‘मोडिफाइड’ तथा अवाञ्छित मोटरसाइकलहरूलाई नियन्त्रणमा लिई यातायात व्यवस्था ऐन अनुसार कडा कारबाही र भारी जरिवाना प्रक्रिया अगाडि बढाइएको छ।

नागरिकले पाए राहतको अनुभूति

प्रहरी नायव उपरीक्षक प्रताप पौडेलको प्रत्यक्ष कमान्डमा प्रहरी टोली चौबीसै घण्टा मैदानमा खटिएपछि वालिङ र आसपासका सर्वसाधारण तथा व्यवसायीहरूले सुरक्षाको बलियो अनुभूति गरेका छन्।
प्रहरीको उच्च सक्रियता, राजमार्गमा लागूऔषध र पटका जस्ता अवैध सामानविरुद्धको कडा चेकजाँच र आपराधिक गतिविधिमाथिको ‘स्ट्राइक’ले गर्दा चाडपर्वको समयमा पनि सर्वसाधारणले सुरक्षित र भयमुक्त वातावरण पाएको भन्दै स्थानीय नागरिकहरूले प्रहरी प्रशासनको कदमको उच्च प्रशंसा गरेका छन्। प्रहरीले लागूऔषध, पटकासहितका अवैध सामान र असामाजिक गतिविधिविरुद्धको यो अपरेसन अझ कडा रूपमा निरन्तर जारी रहने जनाएको छ।
Facebook Comments Box
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
२ हप्ता अगाडि

स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । मनकामना मन्दिरमा लाग्ने कोजाग्रत पूर्णिमा मेलाका अवसरमा गाउँपालिकाले सार्वजनिक…

TOP