दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
वालिङ :
श्रीमान् गुमाएको पीडाले विक्षिप्त बन्दै अस्पतालको बेडमा जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेकी श्रीमतीको पनि अन्ततः चौध दिनपछि मृत्यु भएको छ । गुल्मीमा भएको दर्दनाक जिप दुर्घटनामा परी गम्भीर घाइते हुनुभएकी ५५ बर्षीय गोमता पाण्डेको उपचारका क्रममा निधन भएको हो । यो दुःखद् खबरसँगै यस भयानक दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्या ७ पुगेको छ ।
यहि कात्तिक ९ गते गुल्मीको राक्सेबाट स्याङ्जातर्फ आउँदै गरेको बा ०२२० नम्बरको स्कारपियो सडकबाट अनियन्त्रित भई करिब २५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा परी गाडीमा सवार गम्भीर घाइते गोमताको पाल्पास्थित मिसन अस्पतालमा उपचारकै क्रममा चौधौँ दिनमा आइतबार बिहान (आज) निधन भएको हो ।
श्रीमानको निधनको पीडा सहनै नभ्याई संसार छाडिन् गोमताले
कालीगण्डकी गाउँपालिका–१ घर भई हाल स्याङ्जाको वालिङ–१० मा होटल व्यवसाय गर्दै आउनुभएकी गोमताको निधनले वालिङ र गुल्मी क्षेत्रलाई फेरि एकपटक शोकमग्न बनाएको छ । उहाँ सोही दुर्घटनामा परी ज्यान गुमाउनुभएका लोकनाथ पाण्डेकी धर्मपत्नी हुनुहुन्थ्यो ।
घटनास्थलमै श्रीमान् गुमाएकी गोमताले चौध दिनसम्म अस्पतालको बेडमा हुनुहुन्थ्यो । तर, गम्भीर चोटका कारण अन्ततः उहाँ पनि श्रीमानकै बाटो पछ्याउन बाध्य हुनुभयो । श्रीमान् गुमाएको बज्रपात सहन नभ्याउँदै श्रीमतीको पनि निधन भएपछि पाण्डे परिवारमा अहिले थप स्तब्धता छाएको छ ।
७ जनाको ज्यान लियो त्यो कालो दिनले
यसअघि दुर्घटनास्थलमै र उपचारका क्रममा दिलिप कुमार बगाले उहाँकी श्रीमती नेता बगाले, व्यशायी शिव पराजुली, लोकनाथ पाण्डे, सिता पाण्डे र कुलानन्द पाण्डे गरी ६ जनाको ज्यान गइसकेको थियो । गोमताको पनि निधन भएपछि यस दर्दनाक दुर्घटनामा अस्ताउनेहरूको कुल संख्या ७ पुगेको छ ।
समाचार
थप सामाग्री
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
१ महिना अगाडि
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेविसंघका पूर्वकेन्द्रीय सदस्य अमृत वोस्तीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। नेपाली जनसम्पर्क समिति…


