कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा

स्याङ्जा :

स्याङ्जाको बिरुवा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । मनकामना मन्दिरमा लाग्ने कोजाग्रत पूर्णिमा मेलाका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले सोमबार गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ, संस्था र शिक्षण संस्था बन्द रहने बताउनुभयो ।

गाउँपालिका क्षेत्रभित्र रहेका बैङ्क तथा वित्तीय संस्थामा पनि सार्वजनिक बिदा दिइएको उहाँले बताउनुभयो । बिरुवा गाउँपालिकाको प्रमुख धार्मिक आस्थाको केन्द्र मनकामना मन्दिरमा कोजाग्रत पूर्णिमाका अवसरमा पूर्णिमा मेला लाग्ने भएकाले बिदा दिने निर्णय गरिएको अध्यक्ष कुँवरले बताउनुभयो ।

Facebook Comments Box
TOP