कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा

आँधीखोला खबर समाचारदाता/स्याङ्जा :

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्। हरिनास–५ का लम्साल २०७३ सालदेखि नेविसंघमार्फत विद्यार्थी राजनीतिमा निरन्तर सक्रिय छन्।

“युवा बोल्ने मात्र होइन, नेतृत्व गर्ने समय हो” भन्ने नाराका साथ अघि बढेका लम्सालले पार्टीलाई जनमुखी, एकताबद्ध र गतिशील बनाउन आफ्नो उम्मेदवारी रहेको बताए। युवालाई अवसर, योग्य कार्यकर्तालाई सम्मान र गुटभन्दा माथि उठेर कांग्रेस निर्माण गर्ने उनको प्रतिबद्धता छ। लम्सालको उम्मेदवारीले क्षेत्रमा युवा पुस्तामाझ नयाँ ऊर्जा थपेको छ।

Facebook Comments Box
त्रिचन्द्रका स्ववियु सभापति गोविन्द कोइराला महाधिवेशन प्रतिनिधिमा भिड्दै
१४ घण्टा अगाडि

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी राजनीतिमा युवा र शैक्षिक मुद्दाले नयाँ तरङ्ग ल्याएको छ। ऐतिहासिक त्रिचन्द्र बहुमुखी…

TOP