कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
स्याङ्जा :
चार दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी र कालीगण्डकी गाउँपालिका–१, गुल्मी जोड्ने पक्की पुल बाढीले बगाएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । चार दिनदेखि परेको अविरल वर्षापछि नदीमा आएको बाढीले पुलमा क्षति पु¥याउँदै आज बिहान पुल पूर्ण रूपमा बगाएको हो ।
पुल बगाएपछि स्याङ्जा र गुल्मी आवतजावत तथा यातायात सेवा प्रभावित भएको छ । कालीगण्डकी नदीमा ३० वर्षयताकै ठुलो बाढी आएको स्थानीयले बताएका छन् । कालीगण्डकी ‘ए’ आयोजना निर्माणपश्चात् यति ठुलो बाढी नआएको आयोजनाले जनाएको छ ।
यसैबिच पानीको बहाव बढेपछि तीन जिल्लाको सङ्गमस्थल सेतीबेणी डुबानमा परेको छ । पर्वतको बिहादी गाउँपालिका–६ तर्फका ३० घर र स्याङ्जाको गल्याङ नगरपालिका–५ तर्फका २० घर डुबानमा परेका हुन् ।
बागलुङ, म्याग्दी लगायतका जिल्लामा समेत लगातार वर्षा भइरहेकाले कालीगण्डकी नदीमा पानीको बहाव अझै बढिरहेको स्थानीयले बताएका छन् ।
नदीमा पानीको बहाव उच्च भएपछि शुक्रबार राति ८ बजेर ४५ मिनेटदेखि स्याङ्जाको बेल्टारीमा सञ्चालित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको १४४ मेगावाट विद्युत् उत्पादन बन्द गरिएको छ ।
कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेश पौडेलका अनुसार आयोजना सञ्चालनमा आएयता लामो समयसम्म विद्युत् उत्पादन बन्द गर्नुपर्ने अवस्था पहिलोपटक आएको हो ।
नदीमा पानीको बहाव उच्च भएपछि जलविद्युत् केन्द्रले शुक्रबार राति ८ बजेर ४५ मिनेटदेखि नै मिर्मीस्थित बाँधका तीनवटै ढोका पूर्ण रूपमा खोलेको जनाएको छ ।
यता, जिल्लाका साना खोलानालामा समेत पानीको बहाव बढेकाले जिल्ला प्रशासन कार्यालय स्याङ्जाले रिडी, राम्दी, मालुङ्गा, चापाकोट क्षेत्रका तटीय सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ तथा सावधानी अपनाउन निरन्तर सूचना प्रवाह तथा माइकिङ गरिरहेको जनाएको छ ।
समाचार
थप सामाग्री-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
-
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
‘राजनीतिमा युवाको नयाँ उत्साह’ : आयुष रानाभाटको उम्मेदवारी
१ दिन अगाडि
स्याङ्जा: नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढिरहँदा स्याङ्जाको राजनीतिमा युवा पुस्ताको उपस्थिति झनै सशक्त बन्दै गएको छ। यसै क्रममा स्याङ्जा क्षेत्र…


