वालिङमा भएकाे सडक दुर्घटनामा दुई गम्भीर

स्याङ्जा :

वालिङ नगरपालिका वडा नं – १ पाडेटारीमा मोटरसाइकल र इभी एक आपसमा ठक्कर खाँदा बिहीबार दुई जना गम्भीर घाइते भएका छन् ।

भित्री पक्की सडक खण्डमा मिर्दी देखि चापाकोट तर्फ जाँदै गरेको ग १ ज ८४३७ नम्बरको इभी हाईस र विपरीत  दिशाबाट आउँदै गरेको लु ९६ प ५९४७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएको हो । दुर्घटनामा रामपुर नगरपालिका वडा नं –५ बस्ने ३२ बर्षीय सुरज अधिकारी र २३ बर्षीय सरोज बिकको गम्भिर घाईते भएको प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले बताउनुभयो ।

दुवै घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचार पश्चात थप उपचार गण्डकी अस्पताल पोखरामा उपचार भैरहेको अवस्थीले बताउनुभयो । दुवै सवारी साधन र हाईस चालक भिरकोट नगरपालिका –८ रिपका ४९ बर्षीय चोक बहादुर गुरुङलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भैरहेको अवस्थीले बताउनुभयो ।

Facebook Comments Box
TOP