खुमा अर्याल फाउण्डेसनद्वारा राम्दी स्थित शिवपार्वती बृद्धाश्रममा जिन्सी सामान प्रदान

वालिङ :
खुमा अर्याल फाउण्डेसनले राम्दी स्थित शिवपार्वती बृद्धाश्रमलाई जिन्सी सामान प्रदान गरेको छ । ‘शिक्षा, स्वास्थ्य, खेलकुद, विपद् तथा रोजगार खुमा अर्याल फाउण्डेसनको मुख्य सरोकार’ भन्ने नाराका साथ फाउण्डेसनले गल्याङ १ मा रहेको बृद्धाश्रममा रहनुभएका बृद्धबृद्धाहरुका लागि जिन्सी सामान, भोजन तथा सम्मान कार्यक्रम गरेको थियो । वरिष्ठ उद्यमी, समाजसेवी तथा राजनीतिक व्यक्तित्व खुमा प्रसाद अर्यालको शुभ जन्मोत्सवको अवसरमा फाउण्डेसनले आश्रममा लो बेड, डसना, सिरक, सिरानीका सेटहरु हस्तान्तरण गर्दै बृद्धाहरुका लागि भोजन तथा दक्षिणा प्रदान गरि सम्मान गरेको हो ।
आश्रममा आजिवन सदस्य समेत रहनुभएका खुमा अर्याल फाउण्डेसनका संरक्षक समेत रहनुभएको छ । कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख तथा शिवपार्वती बृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाका निर्वतमान अध्यक्ष कविता तिवारीले स्याङ्जाका विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याउँदै आएको फाउण्डेसनले बृद्धाश्रममा गरेको सहयोग निकै अनुकरणीय रहेको बताउनुभो ।
खुमा फाउण्डेसनका संरक्षक अर्याल आश्रमका आजिवन सदस्य समेत रहनुभएको भन्दै आफ्नो जन्मोत्सवका अवसरमा आश्रममा गरेको यो सहयोग आश्रमको लागि निकै ठुला सहयोग रहेको बताउनुभयो । कार्यक्रममा समाजसेवी अर्यालका बुवा गंगाप्रसाद अर्यालले आश्रममा आई सबैलाई भोजन ग्रहण गराउने तथा भेटघाट गर्ने इच्छा पहिलेदेखि नै भएको भन्दै आज छोराको जन्मोत्वमा यो अवसर जुटेको भन्दै खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा डा. लुना अर्यालले फाउण्डेसनले गरेका सामाजिक कार्यहरुको बारेमा जानकारी गराउँदै स्याङ्जाको शिक्षा, स्वास्थ्य, खेलकुद, विपद तथा  रोजगारका लागि फाउण्डेसन सँधै अग्रसर रहेको बताउनुभयो ।
कार्यक्रम खुमा अर्याल फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतमा सम्पन्न भएको थियो भने स्वागत सहसचिव मुक्त नारायण अर्यालले गर्नुभएको थियो । कार्यक्रममा आश्रमका अध्यक्ष अर्जुनप्रसाद खनाल, भीरकोट ७ का अध्यक्ष ताराप्रसाद अर्याल, समाजसेवी मेघनाथ अर्याल, फाउण्डेसनका उपाध्यक्ष हिमांसु अर्याल, आश्रमका कार्यालय प्रमुख सुनिल श्रेष्ठलगायतको सहभागिता रहेको थियो । फाउण्डेसनले १८ थान लोबेड सहित डसना, सिरक, सिरानी, तन्ना सहितको सेट हस्तान्तरण गरेको हो ।
Facebook Comments Box
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि

स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…

TOP