नेकपा एमाले वालिङ नगर कमिटिद्धरा अग्रज अभिभावकलाई सम्मान

वालिङ :
नेकपा एमाले वालिङ नगर कमिटीले अग्रज अभिभावकलाई सम्मान गरेको छ । २०४९ सालदेखि २०७९ सालसम्म विभिन्न निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार विजेता तथा उपविजेतालाई सम्मान गरेको छ । पार्टीको विभिन्न निर्वाचनमा उम्मेदवारका रूपमा अघि सारिएका नेता तथा कार्यकर्ताको योगदानको कदर गर्दै उनीहरूलाई एउटै मञ्चमा भेला गराई परिचय तथा सम्मान गर्ने कार्यक्रम आयोजना गरिएको हो ।
आइतबार वालिङमा आयोजित कार्यक्रमको उद्घाटन नेकपा एमालेकी सचिव तथा संसदिय दलका उपनेता पद्मा कुमारी अर्यालले गर्नुभयो । कार्यक्रममा बोल्दै सचिव अर्यालले पार्टीको तर्फबाट विभिन्न समयमा निर्वाचनमा उम्मेदवार बनेका नेता तथा कार्यकर्ताको योगदानलाई पार्टीले सदैव सम्मान गर्ने बताउनुभयो । तत्कालिन अवस्थामा सुर्य चिन्ह लिएर निर्वाचनमा उम्मेदवार बन्नु आफैंमा पार्टीप्रतिको महत्वपूर्ण जिम्मेवारी र योगदान भएको उल्लेख गर्दै उहाँले निर्वाचनमा सफलता र असफलता दुवैबाट सिकेर संगठनलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले निर्वाचनमा उम्मेदवार विजयी बनाउन उम्मेदवारसँगै पार्टीको सम्पूर्ण पंक्तिको भूमिका महत्वपूर्ण हुने बताउँदै आगामी दिनमा पनि पार्टी संगठनलाई जनतासँग अझ नजिक बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचनले हामीलाई हराएको होईन् शिक्षा दिएको हो । यो शिक्षा लिएर पाठ सिक्नुपर्छ ।’ नागरिकको हरेक सुख दुखमा कति पुगेँउ पुगेनौँ नागरिकको अपेक्षा अनुसार काम भए भएनन् भन्ने विषयको पनि समिक्षा गर्नुपर्ने भन्दै पार्टी र निति सिद्धान्त ठिक भएपनि कति पए व्यवहारलाई  ठीक गर्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ ।
कार्यक्रममा २०४९ सालदेखि २०७९ सालसम्म तत्कालिन गाविस, वडा तथा संघिय निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार करिब साढे ७ सय उम्मेद्धावरहरुलाई सम्मान गर्ने कार्यक्रम अनुसार आईतबार कार्यक्रममा अनुपस्थित हुनुभएकाहरुलाई घरघरमै पुगेर सम्मान गरिने  नेकपा एमाले वालिङ नगर कमिटीका अध्यक्ष शोभाकान्त पौडेलले बताउनुभयो । त्यस्तै कतिपय उम्मेदवारहरुको निधन भईसकेकाले उहाँहरुका लागि मररोपरान्त सम्मान गरिएको थियो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य खिमबहादुर थापा,सल्लाहकार परिषद केन्द्रिय सदस्य  तथा पुर्व सांसद महेन्द्र थापा, संविधान सभा सदस्य टेकु नेपाली, गण्डकी प्रदेश सल्लाहकार परिषद उपाध्यक्ष मोहन रेग्मी, जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे पारसलगायले अग्रजलाई सम्मान गर्दै उहाँहरुको सुझावलाई ग्रहण गर्दै अगाडि बढ्ने बताउनुभयो । साथै वक्ताहरुले अग्रजको सम्मानले अग्रज र अनुजहरुको अनुभव आदानप्रदान तथा भेटघाटको अवसर प्राप्त भएको बताएका थिए  ।
लामो समयको अन्तरालमा विभिन्न निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिएका नेता–कार्यकर्तालाई एउटै कार्यक्रममा जोड्ने प्रयासले संगठनभित्रको पुस्तान्तरण, अनुभव आदानप्रदान र आपसी सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
सम्मानित हुनेमध्ये कतिपयले निर्वाचनमा उम्मेदवारका रूपमा पार्टीको प्रतिनिधित्व गरिसकेका छन् भने कतिपयले निर्वाचित भएर स्थानीय तहदेखि विभिन्न तहमा जनप्रतिनिधिको जिम्मेवारीसमेत निर्वाह गरेका छन्। उनीहरूको अनुभवलाई आगामी दिनमा पार्टी संगठन निर्माण र निर्वाचन रणनीतिमा उपयोग गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।
नगर कमिटी अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठले स्वागत र संचालन सचिव आनन्द पाठक  र सहसचिव नमलालल डुम्रेले गर्नुभएको थियो ।
Facebook Comments Box
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि

स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…

TOP