आशा मरेपछि कुशको शव बनाएर तिलकको अन्तिम संस्कार ।

वालिङ :
भोटेकोशी बाढीमा बेपत्ता भएका प्राविधिक तिलक रानाको कुशको प्रतीक (शव) बनाएर अन्तिम संस्कार गरिएको छ । बाढीमा परी बेपत्ता भएको डेढ साता बितिसक्दा पनि सम्पर्कमा नआएपछि परिवारजनले आफ्नो परम्पराअनुसार कुशको शव बनाएर मङ्गलबार अन्तिम संस्कार गरेको हो ।
नेपाल विद्युत् प्राधिकरण अन्तर्गत त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा प्राविधिक सहयोगीका रूपमा कार्यरत कालीगण्डकी गाउँपालिका–३ का तिलक राना बाढी आएको दिन अर्थात भदौ १० गतेबाट बेपत्ता हुनु भएको हो ।
बाढी गएको लामो समय बितिसक्दा र खोजी कार्यबाट पनि कुनै जानकारी नआए पछि परिवारले अन्तिम संस्कारका लागि कुशको शवको प्रतीक बनाएर दाहसंस्कार गरेको वडा अध्यक्ष देवेन्द्र थापाले जानकारी दिनुभयो ।
जीवितै भेटिने आशा मरेपछि कठोर निर्णय लिन बाध्य भएको र परम्पराअनुसार काजकिरिया सुरु गरिएको उहाँको भनाइ छ । घटना लगत्तै दाजुभाई तथा आफन्त खोज्नका लागि प्रभावित क्षेत्रमा गएको भए पनि कुनै पत्तो नलागे पछि अन्तिम संस्कार गरिएको वडा अध्यक्ष थापाले बताउनु भयो ।
तस्बिर ः बेपत्ता तिलक रानाको कुशको प्रतीक (शव) लाई अन्तिम संस्कार गरिँदै ।

Facebook Comments Box
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि

स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…

TOP