संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख

काठमाडौँ :

प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा र सेवाको सम्झिनलायक उज्यालो लिएर अगाडि बढेको छ— पतञ्जलि नेपाल। बाढी र पहिरोको कहरमा परेका नागरिकको घाउमा मलम लगाउन संस्थाले रु. २ करोड ११ लाख बराबरको आपत्कालीन राहत तथा निःशुल्क भोजन (भण्डारा) अभियान सुरु गरेको छ।

स्वामी रामदेव र आचार्य श्री बालकृष्णको प्रेरणामा सञ्चालित यो अभियानअन्तर्गत प्रभावित क्षेत्रका एक दर्जनभन्दा बढी स्थानमा भण्डारा सुरु गरिएको छ। भोक र शोकले थलिएका परिवारका लागि अहिले एक छाक तातो खाना केवल भोजन मात्र बनेको छैन—त्यो त आफू एक्लो नभएको दरिलो ओत र आशाको किरण बनेको छ।

‘योग, आयुर्वेद र सेवा’ लाई आफ्नो मूलमन्त्र मान्दै आएको पतञ्जलि नेपालले यसपटक पुनः प्रमाणित गरेको छ कि वास्तविक धर्म भनेकै पीडितको आँसु पुछ्नु र निराशामा आशाको दीप बाल्नु हो। केवल योग र स्वास्थ्य क्षेत्रमा मात्र सीमित नरही, राष्ट्र र जनतालाई पर्ने हरेक बज्रपातमा पतञ्जलिले आफ्नो सामाजिक उत्तरदायित्वलाई व्यावसायिक पहिचानभन्दा माथि राखेर निभाउँदै आएको छ।

‘नर सेवा नै नारायण सेवा हो’ भन्ने पवित्र विचारलाई आत्मसात् गर्दै सञ्चालित यो अभियानले संकटको बेला देखाएको सक्रियता मानवताको अनुपम उदाहरण हो।

बाढीले सडक रोक्न सक्ला, पहिरोले घर ढाल्न सक्ला, तर नेपालीको आत्मबल र मानवताको बाटो कहिल्यै रोकिने छैन। संकटको यो घडीमा सरकार, निजी क्षेत्र र आम नागरिकलाई हातेमालो गर्न आह्वान गर्दै पतञ्जलि नेपाल आज प्रत्येक पीडितको सहयात्री बनेर उभिएको छ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP