सहकारीको ऋण समयमै चुक्ता नगरे कडा कानुनी कारबाही गरिने
स्याङ्जा :
स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिई समयमै सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई तत्काल बक्यौता चुक्ता गर्न निर्देशन दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशूराम उपाध्यायद्वारा जारी सूचना अनुसार, समयमै ऋण भुक्तानी नगर्ने प्रवृत्तिका कारण सहकारीहरूमा तरलता अभाव भई सर्वसाधारणको बचत फिर्ता गर्न समेत कठिनाइ भएपछि गाउँपालिकाले यस्तो कदम चालेको हो।
सहकारीको आर्थिक अवस्था सुदृढ बनाउन र सर्वसाधारणको बचत सुरक्षित गर्न ऋणिहरुलाई आफ्नो बाँधी बक्यौता चुक्ता गर्न पालिकाले निर्देशन दिएको छ ।
म्याद नाघेका सम्पूर्ण ऋणी सदस्यहरूलाई आफ्नो वित्तीय दायित्व बुझी तत्काल सम्बन्धित सहकारी संस्थामा सम्पर्क राखी सावाँ तथा ब्याज चुक्ता गर्न भनिएको छ । बजारको शिथिलता वा व्यावहारिक समस्याका कारण एकैपटक रकम तिर्न नसक्ने ऋणीहरूका हकमा संस्थाको कार्यालयमा उपस्थित भई नियमानुसार ऋण पुनःतालिकीकरण वा किस्ताबन्दीका लागि लिखित प्रक्रिया अघि बढाउन अनुरोध गरिएको छ ।
त्यस्तै सूचनालाई बेवास्ता गरी नियत बस ऋण नतिर्ने वा ढिलासुस्ती गर्ने खराब ऋणीहरूलाई सहकारी ऐन, नियम तथा प्रचलित निर्देशिका बमोजिम कडा कानुनी कारबाही अगाडि बढाइने चेतावनी दिइएको छ । गाउँपालिका क्षेत्रभित्रका सबै सहकारी संस्थाहरूलाई आफ्ना खराब ऋणीहरूको बक्यौता विवरण र पहिचान तत्काल अध्यावधिक गरी असुली कार्यलाई तीव्रता दिन र सोको मासिक प्रगति प्रतिवेदन अनिवार्य रूपमा गाउँपालिकाको सहकारी शाखामा पेश गर्न निर्देशन दिइएको छ ।- Radio aandhikhola

Facebook Comments Box
समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


