वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र

वालिङ :
वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम सम्पन्न गरेको छ। शिक्षक मेन्टरिङ कार्यान्वयन कार्यविधि, २०८० बमोजिम सञ्चालन गरिएको कार्यक्रममा तालिम सफलतापूर्वक सम्पन्न गरेका २५ जना नवप्रवेशी  शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको हो।
कार्यक्रममा ५ जना मेन्टर शिक्षकहरूले नवप्रवेशी शिक्षकहरूलाई शिक्षण–सिकाइ प्रक्रिया, कक्षाकोठा व्यवस्थापन, विद्यार्थीमैत्री शिक्षण विधि, शैक्षिक योजना निर्माण तथा व्यावसायिक विकाससँग सम्बन्धित विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरेका थिए।
शिक्षक सशक्तीकरण, गुणस्तरीय शिक्षाको आधारू भन्ने मूल नारासहित सञ्चालन गरिएको मेन्टरिङ कार्यक्रमले नयाँ शिक्षकहरूको शिक्षण सीप, नेतृत्व क्षमता, व्यावसायिक दक्षता तथा प्रभावकारी शिक्षण अभ्यास विकासमा महत्वपूर्ण योगदान पुगेको नगरपालिकाले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले शिक्षा क्षेत्रमा प्रविधिको तीव्र विकाससँगै शिक्षकहरूको भूमिका थप चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो। परम्परागत शिक्षण प्रणालीलाई आधुनिक प्रविधिमैत्री शिक्षण विधिसँग समायोजन गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो। कृत्रिम बुद्धिमत्ता ९एआई० को विस्तारसँगै शिक्षण–सिकाइ प्रक्रियामा नयाँ अवसरसँगै चुनौतीहरू पनि थपिएको उल्लेख गर्दै शिक्षकहरूले निरन्तर सीप विकास र प्रविधिमैत्री अभ्यासमा जोड दिनुपर्ने उहाँले बताउनुभयो।
मेन्टर शिक्षकहरूले तालिम अवधिभर विभिन्न विद्यालयमा पुगेर नवप्रवेशी शिक्षकहरूको कक्षाकोठा शिक्षण अभ्यास प्रत्यक्ष अवलोकन गरेका थिए। अवलोकनपछि तयार पारिएको प्रतिवेदन स्थानीय सरकारलाई बुझाइएको छ। उक्त प्रतिवेदनका आधारमा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिका लागि आवश्यक सुधारका कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।
मेन्टर शिक्षकहरूको तर्फबाट मन्तव्य राख्दै लक्ष्मीप्रसाद रेग्मीले मेन्टरिङ कार्यक्रमले नयाँ शिक्षकहरूलाई व्यवहारिक अनुभव आदान–प्रदान गर्ने अवसर प्रदान गरेको बताउनुभयो। यस्ता कार्यक्रमले शिक्षण पेशामा आत्मविश्वास वृद्धि गर्दै गुणस्तरीय शिक्षा प्रवाहमा सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो।
त्यसैगरी नवप्रवेशी शिक्षकहरूको तर्फबाट पुष्पा तिवारी र ध्रुव पराजुलीले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभव आगामी शिक्षण कार्यमा प्रभावकारी रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँहरूले मेन्टर शिक्षकहरूबाट प्राप्त मार्गदर्शनले विद्यालय शिक्षणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुगेको बताउनुभयो।
कार्यक्रमको समापनमा सहभागी २५ जना नवप्रवेशी शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। वालिङ नगरपालिकाले यस्ता क्षमता विकासका कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तर सञ्चालन गर्दै विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।
यसैबीच वालिङका विद्यालयहरु ऋबदेखि विहान १० देखि ४ बजेसम्म संचालन हुने भएका छन् । यसअघि विहान ९ देखि ४ सम्म संचालन हुँदै आएको थियो । अब भने बैसाख २९ गतेको परिपत्र कार्यान्वयन गर्ने भन्दै यहाँका शैक्षिक संस्था तथा विद्यालयहरु प्ॉरानै समय विहान १० देखि ४ सम्म संचालन गर्न व्यवस्था मिलाउने निर्णय गरेको छ । नगर शिक्षा समितिको बुधबार बसेको बैठक अनुसार साउन १ देखि विद्यालयहरु  विहान १० देखि ४ बजेसम्म नै संचालन हुनेछन् ।
Facebook Comments Box
TOP