स्याङ्जामा सुरक्षित पर्यटक सचेतना अभियान
स्याङ्जा :
स्याङ्जा प्रवेशको प्रमुख नाका रामनदीधामबाट भारत लगायत विभिन्न देशबाट आउने पर्यटकलाई लक्षित गरी स्वागत तथा सचेतनामूलक अभियान थालिएको छ ।
जिल्लामा प्रवेश गर्ने पर्यटकलाई स्याङ्जाका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको जानकारी गराउने तथा स्वागत गर्ने उद्देश्यले अभियना थालिएको हो । अभियान गण्डकी प्रदेश सरकारअन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जा, जिल्ला प्रशासन कार्यालय स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको सहयोग र सहकार्यमा गरिएको हो ।
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरू जानकारी समेटिएका पम्प्लेट वितरणका साथै पर्यटकमैत्री व्यवहार, सुरक्षित यात्रा र वातावरण संरक्षण सम्बन्धी सन्देशहरू समेत प्रवाह गरिएको एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बताउनुभयो ।
यस अभियनाले स्याङ्जाको पर्यटन प्रवद्र्धन, पर्यटकको सुरक्षित यात्रा तथा जिल्लाको सकारात्मक पहिचान स्थापित गर्न महत्त्वपूर्ण योगदान पुग्ने र पर्यटकको सुरक्षित यात्रामा सहयोग पुग्ने पौडेलले बताउनुभयो ।
सिद्धार्थ राजमार्गको स्याङ्जा खण्ड साँघुरो र धेरै घुम्ती भएको क्षेत्र भएकाले सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्रालाई सहयोग पुर्याउन यसअभियानले सहयोग गर्ने देखिएको छ ।
“सुरक्षित यात्रा, जिम्मेवार पर्यटन र हार्दिक आतिथ्यतासहित स्याङ्जामा स्वागत छ” भन्ने सन्देशका साथ अभियान अस्थायी प्रहरी चौकीको सहयोग तथा सहकार्यमा निरन्तर सञ्चालन गरिने पौडेलले बताउनुभयो ।
“सबैका लागि, सधैंका लागि वातावरणमैत्री पर्यटन” भन्ने अवधारणालाई आत्मसात गर्दै पर्यटकहरूलाई स्वच्छता, फोहोर व्यवस्थापन, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र जिम्मेवार पर्यटन व्यवहार अपनाउन आग्रह गरिएको छ ।
भारतीय पर्यटकले यस किसिमको कार्यक्रम तथा अभियानबाट धेरै खुसि भएको र स्याङ्जा तथा पोखरा सहित नेपालको भ्रमणमा सहजता आउने बताएका थिए ।




समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


