वालिङको पायोनिअर बन्यो गण्डकीकै उत्कृष्ट
राधाकृष्ण डुम्रे/वालिङ :
स्याङ्जाको वालिङमा रहेको पायोनिअर एजुकेसन एकेडेमीले मावि गण्डकी प्रदेशमा नै उत्कृष्ट भएको छ । प्राविधिक शिक्षा अन्तर्गतको हेल्थ असिस्टेन्टमा विद्यालय गण्डकी प्रदेशमा नै उत्कृष्ट भएको हो ।
गएको भदौमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले सञ्चालन गरेको परीक्षामा ३२ जनामध्ये ३१ जना उत्तीर्ण भएका विद्यालयका प्रधानाध्यापक मेघराज गैह्रेले जानकारी दिनुभयो ।
प्रतिशतका आधारमा झण्डै ९७ प्रतिशत उत्तीर्ण भएका उहाँको भनाइ छ । उत्कृष्ट नतिजाले शैक्षिक गुणस्तर, वातावरण र प्राविधिक शिक्षाप्रति विद्यालयको मिहिनेतलाई प्रमाणित गरेको गैह्रेले बताउनुभयो ।
पछिल्लो समय प्राविधिक शिक्षातर्फ विद्यार्थीका आकर्षण बढिरहेको विद्यालका प्राविधिक शिक्षा कार्यक्रम प्रमुख हिमनिधि पंगेनीले जानकारी दिनुभयो । वि.सं. २०४४ सालमा स्थापना भएको पायोनिअर एजुकेसन एकेडेमीले वि.सं. २०५४ सालदेखि व्यावसायिक तथा प्राविधिक शिक्षाको विधिवत् सुरु गरेको थियो ।
समयसापेक्ष आवश्यकता अनुसार शैक्षिक कार्यक्रम विस्तार गर्दै आएको संस्थाले गत वर्षदेखि हेल्थ असिस्टेन्ट (एचए)को कक्षा सञ्चालनमा ल्याएको कार्यक्रम प्रमुख पङ्गेनीले बताउनुभयो । पछिल्लो नतिजा अनुसार विद्यालय गण्डकी प्रदेशमा पहिलो र नेपालमा नै दोस्रो भएको उहाँको दाबी छ ।
स्याङ्जा जिल्लामा नै पहिलो पटक प्राविधिक शिक्षा पढाउन सुरु गरेको झण्डै ३० वर्ष भएको विद्यालयले जनाएको छ । यस क्षेत्रको विद्यार्थी तथा अभिभावकहरूको मागलाई मध्यनजर गरेर पछिल्लो समय हेल्थ असिस्टेन्टको पढाइ सुरु गरेको प्रधानाध्यापक गैह्रेले जानकारी दिनुभयो । प्राविधिक शिक्षातर्फ स्याङ्जासहित पाल्पा, गुल्मी र पर्वत जिल्लाका विद्यार्थीले सो विद्यालयमा प्राविधिक शिक्षा पढ्दै आएका छन् । gorkhapatra online
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


