नेपाली काँग्रेस स्याङ्जा १ को समिक्षा कार्यक्रम सम्पन्न
वालिङ :
नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ ले प्रतिनिधिसभा निर्वाचन बारे समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । फागुन २१ गते सम्पन्न निर्वाचनमा स्याङ्जामा भएको निर्वाचन, मतपरिणाम र अन्य सरोकारका बिषयमा छलफल एवं अन्र्तक्रिया भएको थियो । पुतलीबजार नगरपालिका १ स्थित पार्टी कार्यालयमा आयोजित समिक्षा कार्यक्रममा बोल्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति एवं पूर्वमन्त्री मेखलाल श्रेष्ठले हालै सम्पन्न निर्वाचनबाट पाठ सिकेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । अनुकुल वातावरणमा पनि वर्तमान निर्वाचनको मतपरिणाममा नेपाली कांग्रेसको स्थान दोश्रो हुन पुगेको जनाउदै कांग्रेसीजनलाई कत्ति पनि बिचलित नभई आफनो आदर्श र बिचारलाई आत्मसम्मान गर्दै अघि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा जिल्ला सभापति एवं संबिधानसभा सदस्य राजु थापा, क्षेत्र नं. १ का उम्मेदवार भरतराज ढकाल, पुतलीबजार नगरसभापति सुरजकुमार अधिकारी, वालिङ नगरसभापति नेत्रप्रसाद पाण्डे, भीरकोट नगर सभापति यामप्रसाद अधिकारी, फेदिखोला गाउँपालिकाका सभापति महेन्द्र केसी, आँधीखोला गाउपालिकाका सभापति नरेन्द्रप्रसाद पौडेल लगायतले निर्वाचन बारे जानकारी गराउनुभएको थियो । क्षेत्रीय सभापति तुलसीराम रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति केशरवहादु खाँण ध्रुवले स्वागत र सचिव मनोज मल्लले संचालन गर्नुभएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


