स्याङ्जाको बिरुवा गाउँपालिकामा आज शोक बिदा
स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकामा बिहीबार शोक बिदा दिइएको छ । बिरुवा गाउँपालिका–८ का वडा अध्यक्ष नविन कुमार आलेको निधन भएपछि पालिकाले आज शोक बिदा दिएको हो । ५२ वर्षीय आलेको पोखरास्थित आस्था अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको थियो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले आलेको निधनमा बिहिबार शोक बिदा दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, शिक्षण संस्थाहरुमा एक दिन शोक बिदा दिइएको छ । बुधबार बसेको पालिकाको कार्यपालिका बैठकले बिहीबार शोक बिदा दिने निर्णय गरेको उपाध्यायले जानकारी दिनुभयो ।
सामान्य बिरामी भएपछि उपचारका लागि अस्पताल लगिएका आलेको मिर्गौलामा समस्या देखिएको थियो । उहाँको उपचारका क्रममा निधन भएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले बताउनुभयो ।
आले २०७९ सालको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । नेकपा (एमाले) बिरुवा गाउँपालिका कमिटीका पूर्वउपसचिव समेत रहनुभएका आले राजनीतिसँगै समाजसेवामा सक्रिय हुनुहुन्थ्यो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


