बिरुवा– ८ का अध्यक्षको मृत्यु
स्याङ्जा :
बिरुवा गाउँपालिका वडा नं – ८ का वडा अध्यक्ष नविन कुमार आलेको बुधबार मृत्यु भएको छ । आलेको आस्था अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
चार दिन अगाडि समान्य बिरामी हुनु भएका आलेको मिर्गौला फेल भएको र सोही कारण मृत्यु भएको पालिका अध्यक्ष सूर्यबहादुर कुँवरले बताउनुभयो ।
आले २०७९ को स्थानीय तहको निर्वाचनमा सोही वडाबाट अध्यक्षमा निर्वाचित हुनु भएको थियो । उहाँ नेकपा एमाले बिरुवा गाउँपालिका कमिटीका पूर्व उपसचिव समेत रहनु भएकाे थियाे ।
Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


