मैान अवधिमा भ्रमपूर्ण समाचार फैलाएको भन्दै कांग्रेसले जनायो कडा आपत्ति
काठमाडौँ । नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापाको तस्बिर प्रयोग गरी भ्रामक सामग्री प्रकाशन गर्नेलाई कारबाही गर्न माग गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ति जारी गरी लालीगुराँस मिडिया नेटवर्क नामक संस्थाले आफ्नो फेसबुक पेजमार्फत अयन्त्रको तस्बिरमा सम्पादन गरी सभापति थापाको तस्बिर जोडेर भ्रामक सामग्री प्रकाशन गर्नेलाई कारबाही गर्न माग गरेका हुन् ।
कांग्रेसले सभापतिको तस्बिर प्रयोग गरेर नेपाली कांग्रेसलाई बद्नाम गराउने कुत्सित मनसायका साथ भ्रामक र कपोलकल्पित सामग्री प्रकाशन गरेकातर्फ गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ । यस्ता प्रकारका आधारहीन र भ्रम फैलाउने सामग्रीले आमनागरिकलाई दिग्भ्रमित पार्नुका साथै निर्वाचनसम्बन्धी आचारसंहिताको ठाडो उल्लङ्घन भएको कांग्रेसले जनाएको छ ।
यस विषयमा आवश्यक छानबिन गरी प्रचलित कानुनबमोजिम उक्त संस्थालाई हदैसम्मको कारबाही गर्न निर्वाचन आयोग र प्रेस काउन्सिल नेपाललाई आजै लिखित रूपमा जानकारी गराइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


